रियादमा अब नियमित उडान, तालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।
निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिबद्धतासमेत जाहेर गरेको छ ।
‘निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी’ को रुपमा स्थापित सहर रियादमा आफ्नो नियमित तथा व्यावसायिक उडान आरम्भ गर्ने भएको छ । निगमको उडान इतिहासमा यसरी रियादलाई आफ्नो हवाई गन्तव्यको रुपमा समेट्न पाउँदा हामी हर्षित र गौरवान्वित भएका छौँ । निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग हामी जोडिने छौँ । हाम्रो यात्रा जारी छ,’ विज्ञप्तिमा भनिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया