एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय र सचिवालय बैठक आज बस्दैछ । आसन्न स्थानीय तह निर्वाचनबारे छलफल गर्न एमालेले दुई कमिटीको बैठक आह्वान गरेको हो ।
नेकपा एमालेको प्रचार विभागका अनुसार, केन्द्रीय कार्यालयको बैठक अहिले बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्नेछ ।
आजै एमालेको सचिवालय बैठक पनि बस्दैछ । बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार साँझ ६ बजेका लागि तय छ ।
बैठकमा आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट, चुनावी घोषणापत्र, चुनावी रणनीतिलगायत एजेण्डामाथि छलफल हुने बताइएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) ले जारी गर्ने घोषणापत्र र प्रतिबद्धतापत्र तयारीका लागि पार्टी निकट नेपाल बुद्धिजीवी परिषद्ले जिल्ला र पालिकास्तरमा सहजीकरण गरेको छ ।
एमालेले यही वैशाख ९ गते एकै दिन राष्ट्रियस्तरमा घोषणापत्र र सबै पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ । परिषद्ले राष्ट्रिय कार्यशाखा आयोजना गरी प्रतिबद्धतापत्र तयारीका संयोजनका लागि हरेक पालिकाका लागि दुई दुई जनालाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण प्राप्त परिषद्का सदस्यले पालिकास्तरमा सम्बन्धित कमिटीसँगको समन्वयमा काम गरिरहेको परिषद्का महासचिव गजेन्द्र थपलियाले जानकारी दिए ।
गत चैत १३ गते सम्पन्न एमाले स्थायी कमिटीको बैठकले घोषणापत्रमा सुझाव दिन सुझाव माग्ने निर्णय गरेको थियो भने चैत १६ गते अध्यक्ष केपी शर्मा ओलीले सबै पालिकाका नेता कार्यकर्तालाई भर्चुअलरुपमा सम्बोधन गरेका थिए । घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया