सुनको मूल्य ५०० रुपैयाँ बढ्यो, १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार हुँदै
काठमाडौं । आइतबार स्थिर सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया