सुनको मूल्य ५०० रुपैयाँ बढ्यो, १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार हुँदै
काठमाडौं । आइतबार स्थिर सुनको मूल्य सोमबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको हो ।
आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया