माओवादी र नेकपा एसले धेरै सिट खोजेपछि सत्ता गठबन्धनमा जुटेन सहमति
काठमाडौं । ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारकाे दलीय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादी र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो ।
६ महानगरपालिकामा तीन कांग्रेसलाई र तीन माओवादी, नेकपा एस र जसपाले एक एक महानगर लिने समझदारी भएको छ । महानगरमा मेयरमा समस्या नभए पनि उपमेयर र उपमहानगरपालिका मेयर र उपमेयरमा पनि कुरा मिल्न सकेको छैन ।
माओवादी र नेकपा एसले भागबण्डामा धेरै उपमहानगरपालिकाको नेतृत्व र महानगरको उपमेयरसहित वडा अध्यक्ष मागेको बुझिएको छ ।
बिहानको बैठकले कुनै सहमति नजुटाए पनि साँझ बस्ने बैठकले महानगर र उपमहागरको विषय टुंग्याउने जानकारी दिए । सत्ता गठबन्धनको बैठकलगत्तै पत्रकार सम्मेलनमा पार्टी कार्यालय पुगेका प्रचण्डले यस्तो बताएका हुन् । आजै साँझ फेरि गठबन्धनको बैठक बस्दैछ ।
बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मिलाउने प्रयत्न भइरहेको जानकारीदिए । ‘कतिपय पालिकामा दलीय दाबी भइरहँदा सहमति नभएको हो’ कार्कीले भने, ‘अब फेरि बेलुकातिर छलफलमा जुट्छाौं । आजै रातिसम्ममा भए पनि मिलाउने प्रयासमा छौं ।’
गठबन्धनमा उपमहानगरतर्फ भने कांग्रेसले ७ वटामा दाबी गरेको छ । तर गठबन्धनमा उसलाई ५ दिएर तीन दललाई दुई दुईवटा दिनुपर्ने गरी विषय उठेको बुझिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया