NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

माओवादी र नेकपा एसले धेरै सिट खोजेपछि सत्ता गठबन्धनमा जुटेन सहमति

काठमाडौं । ६ महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवारकाे दलीय भागबण्डा टुंगो लगाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । सोमबार बालुवाटारमा बसेको गठबन्धन बैठकमा माओवादी र नेकपा एसले धेरै उपमहानगरपालिकामा भागबण्डा खोजेपछि सहमति नभएको हो ।

६ महानगरपालिकामा तीन कांग्रेसलाई र तीन माओवादी, नेकपा एस र जसपाले एक एक महानगर लिने समझदारी भएको छ । महानगरमा मेयरमा समस्या नभए पनि उपमेयर र उपमहानगरपालिका मेयर र उपमेयरमा पनि कुरा मिल्न सकेको छैन ।

माओवादीनेकपा एसले भागबण्डामा धेरै उपमहानगरपालिकाको नेतृत्व र महानगरको उपमेयरसहित वडा अध्यक्ष मागेको बुझिएको छ ।

बिहानको बैठकले कुनै सहमति नजुटाए पनि साँझ बस्ने बैठकले महानगर र उपमहागरको विषय टुंग्याउने जानकारी दिए । सत्ता गठबन्धनको बैठकलगत्तै पत्रकार सम्मेलनमा पार्टी कार्यालय पुगेका प्रचण्डले यस्तो बताएका हुन् । आजै साँझ फेरि गठबन्धनको बैठक बस्दैछ ।

बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले पनि मिलाउने प्रयत्न भइरहेको जानकारीदिए । ‘कतिपय पालिकामा दलीय दाबी भइरहँदा सहमति नभएको हो’ कार्कीले भने, ‘अब फेरि बेलुकातिर छलफलमा जुट्छाौं । आजै रातिसम्ममा भए पनि मिलाउने प्रयासमा छौं ।’

गठबन्धनमा उपमहानगरतर्फ भने कांग्रेसले ७ वटामा दाबी गरेको छ । तर गठबन्धनमा उसलाई ५ दिएर तीन दललाई दुई दुईवटा दिनुपर्ने गरी विषय उठेको बुझिएको छ ।