NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

फेरि सुरु भयो चलचित्र ‘२ नम्बरी’ को छायांकन

काठमाडौं । कोरोना भाइरसको महामारीको चपेटामा परेको फिल्म ‘२ नम्बरी’ को छायांकन पुनः सुरु भएको छ । कोरोनाले भएको लकडाउनमा फिल्मको छायांकन रोकिएको थियो ।

यसपछि दुई वर्षसम्म अगाडि नबढेको फिल्मको काम पुनः सुरु गर्न थालिएको हो । आइतबार कास्कीको ल्वाङ गाउँबाट छायांकन प्रारम्भ गरिएको छ । यस अवधिमा फिल्मका कलाकार पनि फेरिएको छ ।

यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीका साथै भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । फिल्मको प्रदर्शन आगामी कात्तिक ४ गतेबाट हुने बताइएको छ ।

यसभन्दा अघि पहिलोपटक छायांकन हुँदा ‘२ नम्बरी’मा पल शाह र वर्षा राउत मुख्य भूमिकामा थिए । पल अहिले थुनामा भएकाले निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई लिएको छ भने वर्षा आफैं फिल्मबाट हटेकी हुन् ।