गर्मीमा फाइदाजनक लौका

काठमाडौं । हरियो सागसब्जीका फाइदाहरु त हामी सबैलाई थाहा छ तर के लौकाले हाम्रो स्वास्थ्यका लागि कति फाइदा पुर्याउँछ भन्ने थाहा छ ?
गर्मी मौसममा लौकाको सेवन निकै फाइदाजनक हुन्छ । लौकामा धेरै प्रकारका औषधीय गुणहरू पाइन्छ, जसले गम्भीर रोगबाट बचाउन मद्दत गर्दछ ।
लौकाले चर्को घाममा पनि शरीर चिसो बनाइराख्न सहयोग पुर्याउँछ । लौका खाँदा तनाव पनि कम हुन्छ । त्यसैले लौकाका धेरै गुण र फाइदाबारे जानीराखौं ।
लौकाको दैनिक सेवनले तनाव कम गर्न मद्दत गर्छ । लौकाले दिमागलाई शान्त पार्ने काम गर्छ । साथै यसमा पाइने पानीको मात्राले शरीरमा शीतलता ल्याउँछ ।
लौकामा पाइने फाइबरले बोसो नियन्त्रण गर्ने भएकाले तौल घटाउन पनि सहयोग गर्छ । यसको सेवनले भोक पनि कम लाग्छ ।
लौकामा आइरन, भिटामिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । मुटु रोगको जोखिम कम गर्छ । हप्तामा दुई-तीन पटक लौकाको जुस पिउनाले मुटुलाई स्वस्थ राख्छ र रक्तचाप पनि नियन्त्रण गर्छ ।
लौका निद्रासम्बन्धी धेरै समस्याको उपचारमा पनि प्रभावकारी साबित हुन सक्छ । तसर्थ, यदि तपाईलाई पनि निन्द्रा लाग्दैन भने लौकाको जुस अवश्य खानुहोस् ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया