NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

रोकिएन नेप्सेको गिरावट, ४१ अंकले घट्यो

काठमाडाैं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३ सय ४३.८७ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अंकले घटेर ४४४.१५१ मा पुगेको छ ।

सोमबार २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम भने केही बढेको हो । आइतबार एक अर्ब ४४ करोड ७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।

सोमबार कारोबारमा आएका १३ वटै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै वित्त कम्पनीको सेयर मूल्य घटेका छन् । उक्त कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको हो । अन्य कम्पनीहरूमा होटल तथा पर्यटन १.६३, अन्य २.८६, सामूहिक लगानी ०.७६, बैंकिङ १.०४, व्यापार ०.५३, विकास बैंक १.६८, जलविद्युत् २.९८, निर्जीवन बीमा ३.०९, उत्पादन १.६७, लघुवित्त ०.७६, जीवन बीमा २.०४, र लगानी २.०१ अंकले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।दिव्यश्वरी हाइड्रोले ७.९८ प्रतिशत, जलपा सामुदायिक लघुवित्तले ६.०९ प्रतिशत, सिटिजन्स म्युचल फण्ड २ ल १.९३ प्रतिशतको दरले कमाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष