भाले चितुवा मृत फेला
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए । सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए ।
‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सङ्क्रमण हुँदा कीरा परेको अवस्थामा भेटाएका छौं,’ उनले भने, ‘घाउ भएको ठाउँमा कीरा परेको र धेरै दिनदेखि खान नपाई भोकका कारण मरेको अनुमान गरेका छौँ ।’
पशु चिकित्सकले सङ्क्रमणले पित्तथैलीलगायत अंग सुन्निभएको बताएको उनले जानकारी दिए । ‘घाउ के भएर बनेको रहेछ, त्यसबारे पत्ता लाग्न सकेको छैन,’ उनले भने, “घाउ भएकै कारण पेटभित्र सङ्क्रमण भई चितुवा मरेको पशु चिकित्सकको भनाइ छ ।”
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरका चिकित्सकले मृत चितुवाको ‘पोष्टमार्टम’ गरेकाले विस्तृत रिर्पोट आएपछि मृत्युको कारण यकिनका साथ भन्न सकिने उनले बताए । गत वर्षसमेत सोही वन क्षेत्रका वयस्क चितुवा मृत अवस्थामा फेला परेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया