भाले चितुवा मृत फेला
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए । सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए ।
‘मृत अवस्थामा फेला परेको चितुवाको शरीरमा घाउ भई सङ्क्रमण हुँदा कीरा परेको अवस्थामा भेटाएका छौं,’ उनले भने, ‘घाउ भएको ठाउँमा कीरा परेको र धेरै दिनदेखि खान नपाई भोकका कारण मरेको अनुमान गरेका छौँ ।’
पशु चिकित्सकले सङ्क्रमणले पित्तथैलीलगायत अंग सुन्निभएको बताएको उनले जानकारी दिए । ‘घाउ के भएर बनेको रहेछ, त्यसबारे पत्ता लाग्न सकेको छैन,’ उनले भने, “घाउ भएकै कारण पेटभित्र सङ्क्रमण भई चितुवा मरेको पशु चिकित्सकको भनाइ छ ।”
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र महेन्द्रनगरका चिकित्सकले मृत चितुवाको ‘पोष्टमार्टम’ गरेकाले विस्तृत रिर्पोट आएपछि मृत्युको कारण यकिनका साथ भन्न सकिने उनले बताए । गत वर्षसमेत सोही वन क्षेत्रका वयस्क चितुवा मृत अवस्थामा फेला परेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया