क–कसले दिन पाउँछन् मिस नेपालका लागि आवेदन ?
काठमाडौं । मिस नेपाल का लागि आवेदन आह्वान गरिएको छ । द हिडन ट्रेजरले सोमबार सन् २०२२ को मिस नेपालका लागि आवेदन खुला गरेको हो ।
आवेदन सोमबारदेखि नै खुला भइसकेको छ । आयोजकका अनुसार, वैशाख ३१ सम्म अनलाइनमार्फत निःशुल्क आवेदन दिन सकिनेछ ।
क–कसले दिन पाउँछन् आवेदन ?
मिस नेपालमा सहभागिताका लागि केही योग्यता तोकिएका छन् । तोकिएका योग्यता पुगेकाले मात्र आवेदन दिन सक्नेछन् ।
आयोजकका अनुसार, युवतीको उचाइ कम्तीमा ५ फिट ३ इन्च हुनुपर्छ । उमेरको हकमा १८ वर्ष पूरा भई २७ वर्ष तोकिएको छ । त्यसैगरी शरीरमा ट्याटु नखोपेको, अविवाहित, प्लस टू उत्तीर्ण गरेको नेपाली नागरिक हुनुपर्छ ।
धेरैभन्दा धेरैको सहभागिता कायम गर्न सातै प्रदेशमा अडिसन लिइने भएको छ । काठमाडौंसँगै वीरगञ्ज, धरान, धनगढी, नेपालगञ्ज, पोखरा र सुर्खेतमा हुनेछन् । काठमाडौंमा अडिसनको मिति वैशाख ९ देखि २७ सम्म तय गरिएको छ ।
यस वर्ष मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल गरी तीन टाइटल रहने आयोजकले जनाएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया