NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

ग्लोबल कोभिड शिखर सम्मेलन हुने

काठमाडौं । कोभिड- १९ संकटको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन मे १२ मा आयोजना गर्न लागिएको ह्वाइट हाउसले सोमबार जनाएको छ ।

वर्तमान जी ७ अध्यक्ष जर्मनी, जी २० अध्यक्ष इन्डोनेसिया, अफ्रिकी संघ अध्यक्ष सेनेगल, र बेलीज, क्यारिकोम क्यारिबियन समूहको वर्तमान अध्यक्ष राष्ट्रहरू सहित अमेरिकाले भर्चुअल भेलाको सह(अध्यक्षता गर्नेछ ।

‘शिखर सम्मेलनले कोभिड-१९ महामारीको तीव्र चरणको अन्त्य गर्न र भविष्यमा देखापर्न सक्ने स्वास्थ्य खतराहरूको लागि तयारी गर्न हाम्रो सामूहिक प्रयासलाई दोब्बर बनाउनेछ,’ उक्त देशहरूद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।