सुनको मूल्य ४०० रूपैयाँ घट्याे, चाँदीको स्थिर

काठमाडाैं । सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे थियो । आइतबार भने सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा पाँच रुपैयाँ बढेको चाँदी आज स्थिर छ ।आज चाँदी सोमबारकै मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
प्रतिक्रिया