NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

तुलनात्मक कमजोर टोलीसँग बार्सिलोना घरमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना तुतनात्मक कमजोर टोलीसँग घरमै पराजित भएको छ ।

सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १–० गोल अन्तरले पराजित भएको हो ।

बार्सिलोनालाई घरेलु मैदानमै स्तब्ध बनाउन काडिजका लुकास परेजले ४८ औँ निर्णायक गोल गरे ।

यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ ।

काडिज १६ औं स्थानमा रहेको छ ।

हारका बाबजुद बार्सिलोना भने ६० अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

लिगको पहिलो स्थानमा रियल म्याड्रिड छ ।