नेता महतोको स्पष्टीकरण : मैले पार्टी परित्याग गरेको छैन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो सुनियोजित रूपमा आफ्नो फेसबुक ह्याक भएको बताएका छन् ।
उनले फेसबुक ह्याक गर्नेलाई कानुनी दायरामा ल्याउन पहल गर्नेसमेत जानकारी दिएका छन् ।
‘मेरो फेसबुक ह्याक गरी सुनियोजित रूपमा कसैले मैले पार्टी परित्याग गरेको हल्ला फैलाएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले फेसबुकमा लेखेका छन्, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी प्रक्रियाको दाइरामा ल्याउन पहल गर्नेछु ।’
नेता महतोको फेसबुक ह्याक गरेपछि ह्याकरले उनले लोसपा परित्याग गरेको घोषणा गरेको थियो ।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु’, फेसबुकमा लेखिएको थियो, ‘यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएका सम्पूर्ण साथी, सुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद !’
राजेन्द्र महतोको फेसबुक ह्याक गरेपछि ह्याकरले यस्तो लेखेको थियो !
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया