NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

काबुल विस्फोट : मृत्यु हुनेको संख्या २० नाघ्यो

काठमाडौं (एजेन्सी) । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।

राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ।

शहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो। त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

ताजा अपडेट

नेपालवाच विशेष