कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै
कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुवै टोली आज खेल्दैछन् । मङ्गलबार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अङ्कले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७–३२ अङ्कले पराजित गरेको हो ।
उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया