एकैदिन सुनको मूल्य १५०० रूपैयाँ घट्यो
काठमाडाैं । मंगलबार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य एक हजार पाँच सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एक लाख ६ सय रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार छापावाल सुन प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन एक लाख एक सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला एक लाख एक हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य १५०० रूपैयाँले घट्दा मंगलबार स्थिर चाँदी आज प्रतितोला ३५ रूपैयाँ घटेको छ । महासंघका अनुसार मंगलबार प्रतितोला एक हजार ४२० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया