युक्रेनमा आणविक आक्रमण नहुने रुसको भनाइ
काठमाडौं । रुस-युक्रेन युद्ध भएको डेढ महिनाभन्दा बढी भइसकेको छ । यति धेरै समय बितिसक्दा हालसम्म पनि मेलमिलापको बाटो फेला परेको छैन ।
अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाले रुसले आणविक हमला गर्न सक्ने भन्दै आएका छन् । तर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार इन्डिया टुडे टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यी सबै आशंकालाई खारेज गरेका छन् ।
लाभरोभले भने, ‘रुसले युक्रेनविरुद्ध परम्परागत हतियार मात्र प्रयोग गर्नेछ, आणविक हतियार होइन । युक्रेनमा हाम्रो सैन्य अपरेशनको नयाँ चरण सुरु भएको छ ।’
रुसी विदेशमन्त्रीले युक्रेनमा आज जे भएको छ त्यसको पछाडि अमेरिका र पश्चिमा राष्ट्रको हात रहेको बताएका छन् । पश्चिमी मुलुक र अमेरिका विश्वमा आफ्नो शासन चलाउने सोचमा रहेकाले यो सबै गरेको रहेको उनको भनाइ छ । यी सबै देशले मिलेर युक्रेनलाई उक्साइरहेका छन् । उनीहरुले युक्रेनमा हतियार थुपारेका छन् ।
सर्गेइका अनुसार सन् १९९२ मा सोभियत संघको विघटनपछि अमेरिका र उसका सहयोगीहरूले रुसतर्फ नेटो विस्तार नगर्ने वाचा गरेका थिए तर उनीहरूले आफ्नो वाचा तोडेका छन् । पश्चिमी देशहरूले सधैं युक्रेनलाई रुसविरुद्ध उक्साउँदै आएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया