युक्रेनमा आणविक आक्रमण नहुने रुसको भनाइ

काठमाडौं । रुस-युक्रेन युद्ध भएको डेढ महिनाभन्दा बढी भइसकेको छ । यति धेरै समय बितिसक्दा हालसम्म पनि मेलमिलापको बाटो फेला परेको छैन ।
अर्कोतर्फ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकाले रुसले आणविक हमला गर्न सक्ने भन्दै आएका छन् । तर रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मंगलबार इन्डिया टुडे टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यी सबै आशंकालाई खारेज गरेका छन् ।
लाभरोभले भने, ‘रुसले युक्रेनविरुद्ध परम्परागत हतियार मात्र प्रयोग गर्नेछ, आणविक हतियार होइन । युक्रेनमा हाम्रो सैन्य अपरेशनको नयाँ चरण सुरु भएको छ ।’
रुसी विदेशमन्त्रीले युक्रेनमा आज जे भएको छ त्यसको पछाडि अमेरिका र पश्चिमा राष्ट्रको हात रहेको बताएका छन् । पश्चिमी मुलुक र अमेरिका विश्वमा आफ्नो शासन चलाउने सोचमा रहेकाले यो सबै गरेको रहेको उनको भनाइ छ । यी सबै देशले मिलेर युक्रेनलाई उक्साइरहेका छन् । उनीहरुले युक्रेनमा हतियार थुपारेका छन् ।
सर्गेइका अनुसार सन् १९९२ मा सोभियत संघको विघटनपछि अमेरिका र उसका सहयोगीहरूले रुसतर्फ नेटो विस्तार नगर्ने वाचा गरेका थिए तर उनीहरूले आफ्नो वाचा तोडेका छन् । पश्चिमी देशहरूले सधैं युक्रेनलाई रुसविरुद्ध उक्साउँदै आएका छन् ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया