ब्राजिल र अर्जेन्टिनाबीचको फुटबल खेल क्रिकेट मैदानमा हुने, ९५ हजारभन्दा बढीले हेर्ने
काठमाडौं । ब्राजिल र अर्जेन्टिनाबीचको फुटबल खेल अष्ट्रेलियाको क्रिकेट मैदानमा हुने भएको छ ।
विश्वकप छनोटअन्तर्गत यसअघि रोकिएको यी दुई देशबीचको खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा आगामी जुन ११ मा हुने तय भएको अर्जेन्टिनी फुटबल साइट मुण्डो अल्बिसेलेस्टेले जनाएको छ ।
गत सेप्टेम्बरमा ब्राजिलमा खेल भइरहँदा त्यहाँका स्वास्थ्य अधिकारीले उक्त खेल रोकेका थिए । चारजना अर्जेन्टिनी खेलाडीले कोरोना नियम नमानेको आरोप लगाउँदै खेल रोकिएको हो ।
ब्राजिल र अर्जेन्टिनाबीचको खेल ९५ हजारभन्दा बढी टिकट बिक्री गरिने बताइएको छ ।
यसअघि यो खेल बेलायतको लण्डनमा हुने भनिएको थियो । फेरि रद्द भएर युरोपको कुनै देशमा हुने भनियो । अहिले पुनः अष्ट्रेलियामा सारिएको छ ।
मेलबर्न मैदान खासमा क्रिकेटका लागि प्रख्यात हो । यद्यपि, त्यहाँ फुटबलसमेत खेलाइने गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया