सानिमा बैंकको सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । सानिमा बैंकले सानिमा डबल धमाका मुद्दति खाता सार्वजनिक गरेको छ । यस खाताअन्तर्गत ग्राहकले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दति खाता खोल्न सक्नेछन् ।
यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शतप्रतिशत प्रतिफल पाउन सक्नेछन् । साथै प्रतिफलमा लाग्ने कर रकम ग्राहक स्वंयले बेहोर्नु पर्ने बैंकले जनाएको छ । त्यस्तै बैंकले ग्राहकलाई व्यावहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण प्रदान गर्नुका साथै ग्राहकले दुई लाखसम्मको निशुल्क क्रेडिट कार्डका लागि आवेदन दिन सक्नेछन् ।
यस योजनाअन्तर्गत एक भन्दा बढी मुद्दति खाता समेत खोल्न सक्ने बैंकले जानकारी गराएको छ । सानिमा बैंकको सातै प्रदेशमा १२६ शाखा रहेका छन् भने ११५ वटा एटीएम सञ्चालनमा छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया