NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

३६ अंकले घट्यो नेप्से, १ अर्ब ४५ करोडको कारोबार

काठमाडाैं । मंगलबार उकालो लागेको नेप्से बुधबार घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा पुगेको छ । मंगलबार नेप्से १३ अंकले बढेको थियो ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.६९ अंकले घटेर ४४१.०८ मा पुगेको छ । आज कुल २२८ कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७५५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार कारोबारमा आएका १३ वटै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै वित्त कम्पनीको सेयर मूल्य घटेका छन् । उक्त कम्पनीको सेयर मूल्य ३.८२ प्रतिशतले घटेको हो । अन्य कम्पनीहरूमा होटल तथा पर्यटन २.२५, अन्य ३.०५, सामूहिक लगानी ०.०५, बैंकिङ ०.७२, व्यापार ०.०७, विकास बैंक २.६१, जलविद्युत् २.१२, निर्जीवन बीमा १.५८, उत्पादन १.४८, लघुवित्त १.५३, जीवन बीमा १.९३, र लगानी १.५१ अंकले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै ग्रिन भेञ्चर्स र जलपा सामुदायिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै आज सबैभन्दा बढी नेष्ठो समृद्द लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाए ।

 

ताजा अपडेट

नेपालवाच विशेष