१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं । १३ वर्षीया बालिकाको जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–८ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् ।
फ्रि फायर गेममार्फत उनीहरुको चिनजान रहेको तथा विगत एक वर्षदेखि फेसबुक, म्यासेन्जर तथा भिडियो कलमार्फत कुराकानी गदै विवाह गर्ने आश्वासन दिई गत चैत २९ गते बालिकालाई पाल्पाबाट काठमाडौं ल्याएको प्रहरीले जानकारी दिए ।
प्रहरीका अनुसार गत चैत ३० गते राती टोखास्थित बसुन्धरामा जबरजस्ती करणी गरेको अनुसन्धानको क्रममा खुलेको छ । बालिकाको अभिभावकले छोरी हराएको भन्दै खोजी गर्न जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । सोही क्रममा प्रहरी परिसर काठमाडौं र मातहत वृत्तमार्फत खोजी गर्ने क्रममा बालिकालाई मातातिर्थबाट फेला पारेको प्रहरीले बताए ।
प्रहरीका अनुसार उनलाई जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया