रुस र बेलारुसका खेलाडीलाई विम्बल्डन खेलमा रोक
काठमाडौं । रुस र बेलारुसका टेनिस खेलाडीले यस वर्ष विश्वको सबैभन्दा प्रतिष्ठित ग्राण्डस्लाम विम्बल्डन खेल्न पाउने छैनन् ।
आयोजकहरूले युक्रेनमाथि आक्रमण गरेको भन्दै रुस र बेलारुसका खेलाडीलाई यस वर्षको विम्बल्डन खेल्न प्रतिबन्ध लगाउने निर्णय गरेका छन् ।
विश्व नम्बर दुई पुरुष टेनिस खेलाडी रुसका ड्यानिल मेदभेदेव र महिला नम्बर चार बेलारुसकी अरिना साबालेन्का प्रतिबन्धबाट प्रभावित हुने शीर्ष खेलाडी हुन् । यस वर्षको विम्बल्डन प्रतियोगिता जुन २७ देखि जुलाई १० सम्म खेलाइनेछ ।
गत वर्ष साबालेन्का सेमिफाइनलमा पुगेकी थिइन् भने मेदभेदेव चौथो राउण्डमा मात्रै पुग्न सकेका थिए । विश्व नम्बर १५ खेलाडी रुसकी अनास्तासिया पाभल्युचेन्कोभा र बेलारुसकी भिक्टोरिया अजारेन्काले पनि विम्बल्डन गुमाउने भएका छन् ।
साथै अक्टुबरमा मस्काेमा हुने टेनिस खेल प्रतियाेगिता पनि स्थगित गरिएकाे छ ।
Russian and Belarusian players will not be allowed to compete at Wimbledon this year because of the invasion of Ukraine.
More ⬇️#BBCTennis
— BBC Sport (@BBCSport) April 20, 2022
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया