जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न अदालतको आदेश
काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गरिने भएको छ । यसका लागि बेलायतको अदालतले औपचारिक रुपमा आदेश जारी गरेको छ । असान्जले सन् २०१०-११ मा हजारौं गोप्य कागजातहरू सार्वजनिक गरेको आरोपमा जेलमा छन् ।
वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतका न्यायाधीशले छोटो सुनुवाइमा उनलाई अमेरिका पठाउने आदेश दिएका हुन् । अदालतको फैसलापछि बेलायती गृहमन्त्री प्रिती पटेलले सुपुर्दगीलाई स्वीकृति दिने वा नगर्ने निर्णय गर्नेछिन् । यद्यपि असान्जका वकिलहरूले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । पुनरावेदनका लागि मे १८ सम्मको समय छ ।
असान्ज अस्ट्रेलियाका नागरिक हुन् । उनी सन् २०१९ देखि लन्डनको बेलमार्स जेलमा बन्दी छन् । उनी पक्राउ परेपछि अमेरिकी अदालतमा सुपुर्दगीका लागि दायर गरेको निवेदन सार्वजनिक भएको थियो ।
सन् २०१९ को अप्रिलमा अमेरिकाले उनीमाथि ह्याक गर्ने षड्यन्त्र गरेको आरोप लगाएको थियो । मे २३ २०१९ मा अमेरिकी ग्रान्ड जुरीले असान्जविरुद्ध जासुसीको १७ मुद्दा दर्ता गरेको थियो ।
असान्जविरुद्ध लगाइएको सबै आरोपमा दोषी पाइएमा उनलाई १७५ वर्ष जेल सजाय भोग्न सक्नेछन् । यसका कारण असान्ज अमेरिका जान मानेका थिएनन् ।
असान्जले विकिलिक्स वेभसाइटमा सैन्य र कूटनीतिक कागजातहरू सार्वजनिक गरेका थिए । यसमार्फत उनले इराकमा अमेरिका, बेलायत र नेटोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाए । अमेरिकी राष्ट्रपति चुनावका बेला रुसी गुप्तचर एजेन्सीले हिलारी क्लिन्टनको अभियानसँग सम्बन्धित इमेल ह्याक गरेर विकिलिक्सलाई दिएको आरोप पनि लागेको छ ।
असान्जले सन् २०१२ मा इक्वेडरसँग शरण मागेका थिए, त्यसपछि उनलाई लन्डनस्थित इक्वेडरको दूतावासमा राजनीतिक संरक्षण दिइएको थियो । उनी त्यसपछि सन् २०१९ सम्म त्यहीँ बसे । सन् २०१९ को अप्रिल ११ मा उनी अदालत उपस्थित नभएपछि पक्राउ गरिएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया