अन्तरिक्ष यात्रीसहित ५ अमेरिकी सांसद नेपाल आउँदै

काठमाडौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधमा जनमत तयार गर्न पाँच सदस्यीय अमेरिकी संसदीय टोली शुक्रबार काठमाडौं ओलिँदै छ । उक्त टोलीका एक सदस्य मार्क केली अमेरिकाको माथिल्लो सदन सिनेटका सदस्य मात्र नभएर नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुन् ।
अमेरिकी टोलीमा मार्कका अतिरिक्त माथिल्लो सदन सिनेटका तीन र तल्लो संसद् हाउस अफ रिप्रिजेन्टेटिभ्सका एक सांसद छन् ।
एरिजोना राज्यबाट सिनेटमा प्रतिनिधित्व गर्ने मार्कका जुम्ल्याहा भाई स्कट पनि अन्तरिक्ष यात्री हुन् । ६ मिनेटको अन्तरमा जन्मिएका मार्क र स्कट अन्तरिक्षमा पुग्ने एक मात्रै सहोदर भाइ हुन् । उनीहरूमाथि शून्य गुरुत्त्वाकर्षण भएको ठाउँमा लामो समय बिताउँदा त्यसले मानवमा पर्ने असरका बारेमा वैज्ञानिक अनुसन्धान गरिएको थियो । उनीहरूमाथि दसवटा टोलीले अध्ययन गरेका थिए । वैज्ञानिकहरूले पृथ्वी र अन्तरिक्षमा रहँदा केली दाजुभाइको शरीरमा आउने अन्तरलाई समेत तुलना गरेका थिए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया