आफ्नै गाडी भाडामा लिएर चढ्ने गाउँपालिकाका अध्यक्ष !

काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आफ्नो निजी गाडी गाउँपालिकालाई भाडामा लिन लगाएर आफैं चढ्ने गरेको खुलासा भएको छ ।
वडा नं. ४ प्युटार बस्ने मखमली घले अध्यक्ष लोप्चनकी साली हुन् । उनैको नाम रहेको गाडी मासिक भाडा बुझाउने गरी गाउँपालिकाले सम्झौता गरेको पाइएको छ । जुन गाडी अध्यक्ष लोप्चन चढ्छन् ।
पालिकाले १ कात्तिक ०७७ देखि ०७८ असार मसान्तसम्म मासिक १ लाख ८० हजार भाडा बुझाउनेगरी सम्झौता गरेको छ । सम्झौतामा सवारी चालक सवारीधनीले उपलब्ध गराउनुपर्ने भनिए पनि पालिकाबाटै सवारी चालकको तलबसमेत लिइने गरेको उल्लेख छ । गाउँपालिकाले अध्यक्षले प्रयोग गर्नेगरी आर्थिक वर्ष ०७४/७५ देखि नै कोटेसन गरी लोप्चनले पत्नी सीता लोप्चनको नाममा रहेको महिन्द्र स्कारपियो फुल अप्सन फोर ह्विल गाडी भाडामा लिएको थियो ।
पत्नीको नाममा रहेका गाडी भाडामा लिएको प्रश्न उठ्न थालेपछि साली मखमली घलेको नाममा नामसारी गरी आर्थिक वर्ष ०७५÷७६ देखि हालसम्म निरन्तर भाडामा लिएर गाउँपालिकाका अध्यक्ष आफैं चढिरहेको राजधानी दैनिकमा खबर छ ।
यो पनि पढ्नुहोस्
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया