NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

सैनिक गणमा गोली चल्यो, एक महिला सैनिकको मृत्यु

काठमाडौं । नेपाली सेनाको एउटा गणमा गोली चलेको छ । गोली लागेर घाइते नेपाली सेनाकी एक महिला जवानको मृत्यु भएको छ ।

कपिलवस्तुको गोरुसिंगेस्थित शमशेर दल गणमा कार्यरत सिपाही कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार साँझ ड्युटीमा रहेकी राजवंशीमाथि दुई राउण्ड गोली लागेको थियो । सेनाले उनले आफैंले बोकेको एम १६ राइफलबाट आफैंलाई दुई राउण्ड गोली हानेको दाबी गरेको छ । तथापि, यसबारे अनुसन्धान जारी छ । घाइते उनलाई बुधबार साँझ नै उपचारका लागि रूपन्देहीको प्रादेशिक अस्पताल लगिएको थियो । त्यही उपचारका क्रममा उनको निधन भएको अस्पताललाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जनाएको छ ।

नेपाल प्रहरीले नेपाली सेनाको समन्वयमा अहिले घटनामाथि अनुसन्धान गरिरहेको छ ।

नेपाल सेनाभित्र यस्ता प्रकृतिका घटना बेलाबेला हुने गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष