आइपिएल : दिल्लीले हरायो पञ्जाब
काठमाडौं । दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई हराएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको खेलमा दिल्लीले पञ्जाबलाई ९ विकेटले हराएको हो ।
पञ्जाबले दिल्लीलाई ११६ रनको लक्ष्य दिएकोमा उसले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर त्यसलाई पूरा गर्यो । दिल्लीका लागि डेभिड वार्नर एक्लैले ६० रनको अर्धशतकीय योगदान गरे । पञ्जाबका राहुल चाहरले १ बिकेट लिए ।
पञ्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो । दिल्लीका खलिल अहमेद,ललित यादव, कुलदीप यादव र अक्षर पटेलले २÷२ विकेट लिए ।
योसँगै दिल्लीले ६ अंक जोडेर छैटौं स्थान लिएको छ । पञ्चाव आठौंमा छ । उसले सात खेलमा ६ अंक जोडेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया