आइपिएल : दिल्लीले हरायो पञ्जाब
काठमाडौं । दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई हराएको छ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको खेलमा दिल्लीले पञ्जाबलाई ९ विकेटले हराएको हो ।
पञ्जाबले दिल्लीलाई ११६ रनको लक्ष्य दिएकोमा उसले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर त्यसलाई पूरा गर्यो । दिल्लीका लागि डेभिड वार्नर एक्लैले ६० रनको अर्धशतकीय योगदान गरे । पञ्जाबका राहुल चाहरले १ बिकेट लिए ।
पञ्जाबले २० ओभरमा अलआउट हुँदै ११५ रन जोडेको थियो । दिल्लीका खलिल अहमेद,ललित यादव, कुलदीप यादव र अक्षर पटेलले २÷२ विकेट लिए ।
योसँगै दिल्लीले ६ अंक जोडेर छैटौं स्थान लिएको छ । पञ्चाव आठौंमा छ । उसले सात खेलमा ६ अंक जोडेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया