एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सचिवालय को बैठक आज बस्दैछ । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा टुंग्याएको भोलिपल्ट एमाले सचिवालय बैठक बस्न लागेको हो ।
बैठक अहिले दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बस्ने तय छ ।
बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने बताइएको छ । यी स्थानका उम्मेदवारबारे नगर कमिटीले सिफारिस गरेर केन्द्रमा पठाए पनि चुनाव आउन २१ दिन बाँकी छँदासमेत टुंगो लाग्न सकेको छैन ।
पार्टी केन्द्रले महानगर र उपमहानगरको उम्मेदवारबारे टुंगो नलगाउँदा नेता तथा कार्यकर्तामा अन्योल छ ।
त्यसअघि आजै एमाले केन्द्रीय सल्लाहकार परिषदको पनि बैठक बस्दैछ ।
ताजा अपडेट
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
प्रतिक्रिया