सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहिबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ घटेर एक लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार पनि सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन एक लाख चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला एक लाख एक सय रूपैयाँमा कारोबार भएको थियो ।बुधबार तोलामा ३५ रूपैयाँ चाँदी घटेको आज ५ रूपैयाँ घटेको छ । महासंघका बुधबार एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भएको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया