सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहिबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ घटेर एक लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार पनि सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन एक लाख चार सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला एक लाख एक सय रूपैयाँमा कारोबार भएको थियो ।बुधबार तोलामा ३५ रूपैयाँ चाँदी घटेको आज ५ रूपैयाँ घटेको छ । महासंघका बुधबार एक हजार ३८५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३८० रूपैयाँमा कारोबार भएको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया