भोलिदेखि देशभर एसइई परीक्षा सञ्चालन हुँदै
काठमाडौं । भोलिबाट देशभर एसइई परीक्षा सञ्चालन हुने भएको छ । गत दुई वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण एसइई परीक्षा लिन पाएको थिएन । बोर्डले दुई वर्ष नै आन्तरिक मूल्याङकनद्वारा परीक्षार्थीको नतिजा सार्वजनिक गरेको थियो ।
यस वर्ष भने बोर्डले परीक्षा सञ्चालन गर्ने भएको छ । यस वर्ष परीक्षा दिने परीक्षार्थी ५ लाख १४ हजार ७ सय ६० रहेको बोर्डले जानकारी गराएको छ । एसइई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले परीक्षाको लागि आवश्यक सामग्री तथा प्रश्नपत्रसहित उत्तर पुस्तिका सबै प्रदेशमा पुगिसकेको उनले बताए ।
बोर्डले परीक्षाका लागि दुई हजार सात परीक्षा केन्द्र र एक उपकेन्द्र निर्धारण गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया