के हो ‘कांग्रेस मास्न पाइँदैन, गठबन्धन चाहिँदैन’को वास्तविकता ?
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । जुन तस्बिर नुवाकोटको हो ।
तस्बिरमा सत्तारुढ नेपाली कांग्रेसका केही कार्यकर्ता देखिएका छन् । जहाँ उनीहरूले एउटा ब्यानर बोकेका छन् । ब्यानरमा लेखिएको छ, ‘कांग्रेस मास्न पाइँदैन, गठबन्धन हामीलाई चाहिँदैन, नेपाली कांग्रेस एक हौं ।’
कांग्रेससहित पाँच दलले आसन्न स्थानीय निर्वाचनमा गठबन्धन गर्दै महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा मिलाइसकेका छन् । अब उनीहरू नगरपालिका र गाउँपालिकाको भागबण्डा मिलाउने कसरतमा छन् ।
यसैबीच, नुवाकोटको विदुर नगरपालिकामा भागबण्डा मिलिसकेको समाचार स्थानीय सञ्चारमाध्यमले प्रशारण गरे । यसैलाई पत्याएर कांग्रेसका केही कार्यकर्ता आक्रेशित भएका हुन् । आफूहरूलाई नसोधी केन्द्रले भागबण्डा मिलाएको भन्दै उनीहरू विद्रोहमा उत्रिएको स्रोतले जनाएको छ ।
भागबण्डा मिलेको भन्ने कुरा गलत भएको थाहा पाएपछि उनीहरू अहिले साम्य भएको बताइएको छ ।
कांग्रेसको बलियो प्रभाव रहेको विराटनगरमा डिला संग्रौला बन्लिन् मेयरको उम्मेदवार ?
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया