ममाथि मोबाइल प्रहार भएको होइन, खसेको हो : ज्ञानेन्द्र शाही
काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाको एक कार्यक्रममा मोबाइलको झटारो हानिएको विषयमा स्पष्टीकरण दिएका छन् ।
बिहीबार जुम्लामा भएको एक कार्यक्रमको भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै आफूमाथि भ्रम फैलाउन खोजिएको जिकिर गरेका छन् ।
‘कति असत्य कुराको प्रचार गरेको मलाई मोबाइल प्रहार गरेको होइन माथीबाट खसेको हो, त्यो पनि एउटा सरकारी कर्मचारीको हातबाट खसेको हो । सुरूमा हामीलाई पनि प्रहार गरे जस्तो लागेको थियो तर बुझेपछि उहाँले मेरो हातबाट मोबाइल खसेको पुष्टि गर्नुभयो’, उनले भने, ‘त्यसपछि हामीले माफी दिएका छौ । यो भिडियोमा वास्तविकता जुम्ली जनताले हामीमाथि समर्थन रहेको प्रमाण हो ।’
उनले सबै घटनालाई नकारात्मक ढंगले नबुझ्न आग्रह गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया