किएभको चिहान गृहमा एक हजार २० शव
किएभ । युक्रेनको राजधानी किएभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ ।
सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् ।
‘ती शवहरू सडक तथा विभिन्न घरहरूबाट संकलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,’ एक अधिकारीले भने ।
देशका अन्य ठाउँहरूमा पनि यस्तैगरी शवहरू छरिएको र संकलन गर्ने कार्य भइरहेको अधिकारीहरूको भनाइ छ । रुसले युक्रेनमाथि गत फेब्रअरी २३ मा आक्रमण गर्न थालेको हो । आक्रमणका कारण हजारौंको मृत्यु भएको, हजारौं घाइते भएको र लाखौं मानिस विस्थापित भएको दाबी गरिएको छ ।
त्यसैगरी धेरै भौतिक संरचनाहरूमा पनि क्षति भएको छ । साथै अन्तर्राष्ट्रिय बजार तथा राजनीतिमा समेत यसले नकारात्मक असर पारेको छ ।
संयुक्त राष्ट्र संघलगायतका धेरै अन्तर्राष्ट्रिय समुदायले आक्रमणको विरोध गरेका छन् भने दर्जनौं देशहरूले तत्काल आक्रमण रोक्न रुसलाई आग्रह गरेका छन् । आक्रमण रोक्न सर्वत्र विरोध र दबाब भए पनि रुसले भने आक्रमण जारी राखेको छ ।
आक्रमण भएको सुरुका केही दिनमा चरण चरणमा दुई पक्षीय वार्ता भए पनि निष्कर्ष निकाल्न नसकेपछि अहिले वार्ता पनि हुन छाडेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया