मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड
काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव र नेता जीवराज आश्रितको शालिक तोडफोड भएको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित दिब्य बाल उद्यानमा निर्माणाधीन अवस्थामा रहेको दुई नेताको शालिक गएराति तोडफोड भएको हो ।
भण्डारीको शालिकको शीरतर्फको भाग फुटाएर फ्याँकिएको छ भने आश्रितको पूरै शालिक निकालेर फालिएको छ ।
शालिकबाहेक उद्यानका अन्य संरचनाहरू भने पूर्ववत अवस्थामा रहेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय, पशुपति नगरले घटनाबारे जानकारी पाएपछि प्रहरी निरीक्षक अविनाश अधिकारी नेतृत्वको एक टोलीलाई त्यसतर्फ पठाइएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया