सन नेपाल लाइफ वार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा आज हुने भएको छ । सन लाइफका अनुसार उक्त सभा दिउँसो चार बजे हायात प्लेसमा आयोजना हुन लागेको छ ।
इन्स्योरेन्सले साधारण सभामा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफारनोक्सान हिसाव, नगद प्रवाह वितरणसम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै आव ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव कम्पनीले गर्दै छ । त्यस्तै कम्पनीको पुँजी वृद्धि गर्ने लगायत प्रवन्धन तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया