साताको अन्तिम दिन सुनको मूल्य स्थिर

काठमाडाैं । साताको अन्तिम दिन सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य बिहीबारकै मूल्य अर्थात एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुनको मूल्य ३ सय रूपैयाँ बढेको थियो । बुधबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ घटेर एक लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार पनि सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ । बिहीबार तेजावी सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो।
बिहीबार तोलामा ५ रूपैयाँ घटेको चाँदी आज २० रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार एक हजार ३८० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया