साताको अन्तिम दिन सुनको मूल्य स्थिर
काठमाडाैं । साताको अन्तिम दिन सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य बिहीबारकै मूल्य अर्थात एक लाख ९ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार सुनको मूल्य ३ सय रूपैयाँ बढेको थियो । बुधबार भने सुनको मूल्य घटेको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक हजार पाँच सय रूपैयाँ घटेर एक लाख ६ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै मंगलबार पनि सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको मूल्य बढेको थियो । सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर छ । बिहीबार तेजावी सुन प्रतितोला एक लाख ४ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो।
बिहीबार तोलामा ५ रूपैयाँ घटेको चाँदी आज २० रूपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार एक हजार ३८० रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया