NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

रेणुले भरतपुर महानगरको मेयर पदबाट राजीनामा दिइन्

चितवन । भरतपुर महानगरपालिकाकी नगरप्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दिने भएपछि उनले राजीनामा दिएकी हुन् ।

सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ । मेयर पदमा रेणु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।