NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

नेपाल फर्मा एक्स्पो आजदेखि सुरु, राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

काठमाडाैं । चितवन एक्सपो सेन्टर भरतपुरमा आठाैं नेपाल फर्मा एक्सपो २०२२ आजदेखि सुरू भएको छ । उक्त एक्सपोको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् ।

औषधि उत्पादक संघ (एपोन) को आयोजनामा उक्त एक्स्पो सुरु भएको हो । राष्ट्रपति भण्डारीले उक्त अवसरमा औषधि उत्पादनमा नेपालले ठुलो फड्को मारेको बताइन । उनले धेरै किसिमको औषधि नेपालमै उत्पादन गर्न सक्नुपर्ने तथा औषधि उत्पादनका छेत्रमा लगानी बढाउनुपर्ने कुरामा समेत जोड दिइन् ।

राष्ट्रपति भण्डारीले औषधि उद्योगको क्षेत्रमा विकास गरेर रोजगारीको समेत सिर्जना गर्नुपर्ने बताइन् । नेपाल औसधि उत्पादन संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा पनि औषधि उत्पादन हुन्छ र भन्ने अवस्थामा अहिले एक सय भन्दा बढी औषधि उद्योग सञ्चालनमा रहेका बताए । कुल क्षमतामा ५० प्रतिशत मात्रै औषधि उत्पादन भएको साथै औषधि उद्योगलाइ प्रवर्द्धन गर्नका लागि सरकारको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रममा एपोनका निवर्तमान अध्यक्ष जिनारायण छेत्रीले नेपालमा पनि औषधि क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताए । उनले कोरोना कालमा भारतले औषधि निर्यातमा निषेध गरेको भन्दै त्यो बेला पनि नेपालमा औषधि अभाव नभएको जनाए । नेपाली औषधि पनि अन्तर्राष्ट्रिय  स्तरको रहेको समेत उनले उलेख गरे ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले गुणस्तरीय औसधि उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । कार्कीले औषधि व्यवस्थापन विभागले औषधि क्षेत्रमा सहजताका लागी काम गर्नुपर्ने उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय क्षेत्रमा ठुलो घाटा व्यहोरेको बताए । औषधि उद्योगमा पनि प्रगति हुँदै गएको उनको भनाइ छ। उनले प्रदर्शनीलाई खरिद बिक्रीको लागि मात्र नभई नीति निर्माणमा पनि फलदायी हुने राय दिए। सुडानको एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले तीन दिनसम्म चल्ने एक्स्पो १२० वटा बहुराष्ट्रिय कम्पनी र ४५ वटा नेपाली औषधि उद्योगहरूले सहभागिता जनाउने जानकारी दिए ।

संयोजक बरालले एक्स्पोमा विभिन्न विषयमा टेक्निकल सेमिनार हुने जानकारी दिदै सञ्चारमाध्यमको सहजताको लागि मिडिया सेन्टरको व्यवस्था गरिएको उल्लेख गरे । एक्स्पोमा करिव ६० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने आयोजको दाबी छ ।