औपचारिक बैठक सारेर अनौपचारिक छलफलबाट उम्मेदवार छान्दै कांग्रेस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबारसम्मका लागि सरेको छ ।
यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भनिएकोमा विशेष कारणवश शनिबार दिउँसो ११ बजेसम्मका लागि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यतिबेला कांग्रेस औपचारिक बैठक सारेर अनौपचारिक छलफलबाट स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंग्याउन लागि परेको छ ।
यसका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।
प्रतिक्रिया