भारतमा कोरोना संक्रमण बढ्दै, मास्क अनिवार्य

नयाँ दिल्ली । कोरोना भाइरसका कारण भारतमा थप २५ सय संक्रमण भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोना भाइरसबाट संक्रमण भएका हुन ।
संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकहरूको संख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ ।
यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमितभएको देखिएको थियो । मृतकको संख्या शनिबार भन्दा बढी ५४ रहेको थियो ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै रहेकाले सक्रिय संक्रमितहरूको संख्या भने घट्दै गएको छ ।
मन्त्रालयका अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको संख्या १५ हजार ७९ रहेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली, हरियाणा, पञ्जाबलगायतका राज्यमा मास्क अनिवार्य गरिएको छ ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया