प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदैं
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २०औंवार्षिक साधारण सभा आज गर्ने भएको छ । सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ :३० बजे गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हिजार रूपैयाँ छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया