प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा आज हुँदैं

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २०औंवार्षिक साधारण सभा आज गर्ने भएको छ । सभा पर्साको दियालो लर्डस प्लाजा वीरगञ्जमा दिउँसो १२ :३० बजे गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको गत चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । साधारण सभाबाट कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापुँजी एक अर्ब १० करोड ८५ लाख ४६ हिजार रूपैयाँ छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया