सुनको मूल्य ४०० रूपैयाँ घट्यो, चाँदी स्थिर

काठमाडाैं । साताको पहिलो दिन सुनको मूल्य घटेको छ । गत शुक्रबार स्थिर सुनको मूल्य आइतबार तोलामा ४ सय रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहको हो । गत शुक्रबर सुनको मूल्य एक लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार तोलामा २० रूपैयाँ घटेको चाँदी आज स्थिर छ । आज चाँदी गत शुक्रबारकै मूल्य एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया