पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन
काठमाडाैं । संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको आज बिहान निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको आज बिहान काठमाडौँको रानीबारीस्थित निवासमै निधन भएको हो ।
पूर्व राज्यमन्त्रीसमेत रहेकी झा हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट मधेश प्रदेशको प्रदेशसभा सदस्य थिइन् । लोसपाका नेता एवं पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी उनी दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।
करिब दुई महिना अघिदेखि भक्तपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहे पनि पछिल्लो समय चिकित्सको सल्लाहमा घरमै रेखदेख भइरहेकामा आज बिहान निधन भएको लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।
ताजा अपडेट
-
‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’ : सुधन गुरुङ
-
इरान युद्धले तेल बजारमा ‘ओपेक प्लस’को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
रविले बोलाए सर्वदलीय बैठक
-
नेपाल–भारतबाट चाँडै उच्चस्तरीय भ्रमण हुने अपेक्षा छ : परराष्ट्रमन्त्री
-
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण


प्रतिक्रिया