एसइई : लमजुङमा २६ परीक्षार्थी अनुपस्थित

लमजुङ । यहाँ माध्यमिक शिक्षा परीक्षा (एसइई) को दोस्रो दिन आज २६ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा १६ र छात्र १० गरी २६ परीक्षार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
त्यस्तै आज ग्रेडवृद्धितर्फका पाँचमध्ये एक छात्र अनुपस्थित भएको उनको भनाइ छ । एसइईको पहिलो दिन शुक्रबार नियमिततर्फ १७ छात्रा र १० छात्र गरेर २७ विद्यार्थी अनुपस्थित भएका थिए । परीक्षामा जिल्लाभर १७ विद्यालयबाट परीक्षार्थी सामेल भएका छन् । जिल्लामा १८ परीक्षा केन्द्रमा यतिका संख्यामा विद्यार्थीले एसइई परीक्षामा सामेल रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख वीरबहादुर गुरुङले बताए ।
नियमिततर्फ तीन हजार १२ र ग्रेड वृद्धितर्फ छ जनाले एसइईका परीक्षार्थीमध्ये परीक्षाको पहिलो दिन उक्त सङ्ख्यामा अनुपस्थित भएका हुन् । परीक्षामा सम्बन्धित विद्यालयका प्रधानाध्यपकलाई नै केन्द्रध्यक्ष तोकिएको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया