NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

कर छलीको आरोपमा पाँच व्यवसायीविरुद्ध ३६ करोड ११ लाख बिगो दाबीसहित मुद्दा दायर

काठमाडाैं । राजश्व अनुसन्धान विभागले पाँचजना व्यवसायीविरुद्ध १८ करोडभन्दा बढी कर छली गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले मनिषकुमार अग्रवाल, हितेषकुमार अग्रवाल, प्रमित महर्जन, बिमल अग्रवाल, दिपेन्द्रकुमार अग्रवालविरुद्ध उच्च अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।

विभागले उनीहरूविरुद्ध ३६ करोड ११ लाख बिगो दाबीसहित मुद्दा गरिएको छ । आरोपित शुभलक्ष्मी इन्टरनेसनलका प्रोपाइटर तथा गणपति ट्रेड लिंक, एबची ट्रेड एन्ड सप्लायर्स र एमके इन्टरनसेनल समेतका मुख्य कारोबार रहेका बाफल निवासी मनिषकुमार अग्रवाल, एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार एवं गणपति ट्रेड लिंकका सञ्चालक बाफल निवासी हितेषकुमार अग्रवाल, एमके इन्टरनेसनलका प्रोपाइटर बाफल निवासी प्रमित महर्जन, एचबी ट्रेड एन्ड सप्लायर्सका साझेदार बिमल अग्रवाल एवम गणपति ट्रेड लिंकका प्रोपाइटर बाफल नै निवासी दिपेन्द्रकुमार अग्रवाल रहेको छ।

उनीहरूले शुभलक्ष्मी इन्टरनेसनल लगायतका फर्महरुबाट जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरेर वित्तीय विवरण तयार गरी १८ करोड ५ लाख ६८ हजार राजस्व चुहाव गरेको आरोप छ । उनीहरुले मूल्य अभिवृद्धि कर (भ्याट) ५ करोड ४४ लाख ९३ हजार र आयकर १२ करोड ६० लाख ७५ हजार गरी कुल १८ करोड भन्दा बढी राजस्व चुहावट गरेको दाबी गरिएको छ ।