सशस्त्रमा सेवा अवधि ३२ वर्ष पुर्याउन ‘गुपचुप खेल’

काठमाडौं । गृह मन्त्रालयले संगठनभित्र छलफल र अध्ययन नगरी सशस्त्र प्रहरी कर्मचारीको सेवा अवधि ३० र्षबाट ३२ वर्ष पुर्याउने गृहकार्य अघि बढाएको छ ।
सेवा अवधि ३२ वर्ष कायम हुने गरी सशस्त्र प्रहरी नियमावलीको संशोधन मस्यौदा तयार गरेर गृहले सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ ।
संगठनमा कुनै दीर्घकालीन र रणनीतिक महत्त्वका विषयमा निर्णय लिन वा गृह मन्त्रालयमा सिफारिस प्रस्ताव गर्न डिआइजी र त्यसमाथिका अधिकृत सम्मिलित प्रिन्सिपल स्टाफ कमिटीको बैठक बस्छ । तर सेवा अवधि बढाउने प्रस्तावमा सशस्त्रमा कुनै छलफल नै नभएको स्रोतले जनाएको छ । सशस्त्र प्रहरी प्रवक्ता डिआइजी विदुर खड्काले पनि सेवा अवधि ३२ वर्षे पुर्याउने विषयमा अनभिज्ञता जनाए ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने नियमावली संशोधन मस्यौदा गृहबाट अर्थ पुगेको तर त्यसबारे कुनै जानकारी नआएको बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया