विराटनगर मेयरको उम्मेदवारमा एमालेबाट सागर थापा, प्रभावशाली लालबाबु र पर्शुराम आउट
काठमाडौं । एमालेले विराटनगरको मेयरको उम्मेदवारमा साग थापालाई उठाउने निर्णय गरेको छ । विराटनगर नगर कमिटीका अध्यक्ष सागर थापालाई एमालेले मेयरको उम्मेदवार बनाएको हो ।
यो निर्णयसँगै मेयरका लागि दाबेदार लालबाबु पण्डित, पर्शुराम बस्नेतसहित नेता बाहिरिएका हुन् । मेयरका लािग गुरु बराल, बाबुराम कार्की, जीवन घिमिरे, रामलाल सााहसहितका नेता आकांक्षी थिए । थापाले प्रभावशालीलाई हत्याउँदै टिकट पाएका हुन् ।
उपमेयरको टिकट शिल्पा कार्कीलाई दिइएको छ ।
तर कांग्रेसले विवादका कारण अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन । गठबन्धनमा मेयर कांग्रेस र उपमेयर जसपाले पाएका छन् ।
कांग्रेसबाट मेयरमा डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुली मुख्य दाबेदार छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया