NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

विराटनगर मेयरको उम्मेदवारमा एमालेबाट सागर थापा, प्रभावशाली लालबाबु र पर्शुराम आउट

काठमाडौं । एमालेले विराटनगरको मेयरको उम्मेदवारमा साग थापालाई उठाउने निर्णय गरेको छ । विराटनगर नगर कमिटीका अध्यक्ष सागर थापालाई एमालेले मेयरको उम्मेदवार बनाएको हो ।

यो निर्णयसँगै मेयरका लागि दाबेदार लालबाबु पण्डित, पर्शुराम बस्नेतसहित नेता बाहिरिएका हुन् । मेयरका लािग गुरु बराल, बाबुराम कार्की, जीवन घिमिरे, रामलाल सााहसहितका नेता आकांक्षी थिए । थापाले प्रभावशालीलाई हत्याउँदै टिकट पाएका हुन् ।
उपमेयरको टिकट शिल्पा कार्कीलाई दिइएको छ ।

तर कांग्रेसले विवादका कारण अहिलेसम्म उम्मेदवार चयन गर्न सकेको छैन । गठबन्धनमा मेयर कांग्रेस र उपमेयर जसपाले पाएका छन् ।
कांग्रेसबाट मेयरमा डा. डिला संग्रौला, अमृत अर्याल र भीम पराजुली मुख्य दाबेदार छन् ।