सल्यानमा विप्लव र जनमोर्चा मिलेर चुनाव लड्ने
काठमाडौं । स्थानीय तह निर्वाचनलाई उपयोग गर्ने नीतिअन्तर्गत स्थानीय तह निर्वाचनमा भाग लिन लागेको विप्लव नेतृत्वको नेकपाले सल्यानको एउटा स्थानीय तहमा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
सल्यानको कुमाख गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले जनमोर्चासँग गठबन्धन गरेको हो । यो गाउँपालिकामा विप्लवका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
नेकपाका स्वतन्त्र उम्मेदवार भीम भारती र जनमोर्चाका जिल्ला अध्यक्ष ढकनप्रसाद शर्माले आइतबार सहमतिमा हस्ताक्षर गरे ।
सहमतिअनुसार, यी दुई दलले वडामा तालमेल गरेर चुनावमा प्रतिस्पर्धा गर्नेछन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया