एमालेले पोखरामा खोस्यो टिकट, पौडेलको ठाउँमा थापा यसरी बनाइए मेयरको उम्मेदवार
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा दिइसकिएको टिकट एमालेले खोसेको छ । दीपक पौडेललाई यस अघि नै दिइएको टिकट नेताको टकराव र विवादका कारण खोसिएको हो । पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिइएको हो । थापा २०५४ मा पनि पोखराको मेयर भएका थिए ।
खगराज अधिकारी र पृथ्वीसुब्बा गुरुङबीच विवाद हुँदा पहिलेको निर्णय उल्टिएको हो । पृथ्वीसुब्बा निकटका पौडेलले पहिले टिकट पाएका थिए । तर अहिले थापालाई टिकट दिइएको छ ।
पौडेललाई टिकट दिइएपछि उनको पुरानो विवादास्पद भिडियो बाहिर ल्याइएको थियो । यसैलाई देखाउँदै खगराज प्यानलले टिकट उल्ट्याउनेसम्मको काम गरेको हो ।
उपमेयरकाे उम्मेदवार भने मञ्जु गुरुङ नै हुनेछिन् ।
पोखरामा सत्ता गठबन्धनबाट नेकपा एसले मेयरमा प्रतिस्पर्धा गर्दैछ । कांग्रेसले उपमेयरमा उम्मेदवारी दिंदैछ । २०७४ सालमा पनि पोखरामा एमाले विजयी भएको थियो ।
एमालेको बलियो प्रभाव रहेको पोखरामा यसपटक आन्तरिक किचलो बढेपछि सत्ता गठबन्धनलाई फाइदा हुने बुझिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया