मंगल ग्रहमा भवन बनाउन वैज्ञानिकले तयार पारे इँटा
काठमाडौं । मंगल ग्रह र चन्द्रमामा मानव बस्ती कहिले बस्छ भन्ने यकिन भइसकेको छैन तर केही वैज्ञानिकले त्यहाँ घर तथा भवन बनाउन मिल्ने गरी इँटा बनाएका छन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र भारतीय विज्ञान संस्थान बैंगलोरले संयुक्त रूपमा एक इँटा तयार गरेका छन् । यो इँटाले मंगल ग्रहमा भवन बनाउन सकिने दाबी छ । । यो अनुसन्धान जर्नल प्लस वनमा प्रकाशित भएको छ । भारतीय वैज्ञानिकहरूले अन्तरिक्ष इँटा बनाउन ब्याक्टेरिया आधारित प्रविधिको सहयोग लिएका छन् ।
मंगल ग्रहबाट पहिलोपटक ल्याइएको माटोमा स्पोरोसार्सिना पेस्ट्युरी, ग्वार गम, युरिया र निकल क्लोराइड नामक ब्याक्टेरिया मिसाइएको थियो । यिनीहरूबाट बनेको मिश्रणलाई इँटा आकारको भाडामा खन्याइयो । केही दिनपछि ब्याक्टेरियाले युरियालाई क्याल्सियम कार्बोनेटको क्रिस्टलमा परिणत गर्यो । जसका कारण इँटा पूर्ण रुपमा तयार भयो ।
यी वैज्ञानिकहरूले सन् २०२० को अगस्टमा पनि यस्तै प्रयोग गरेका थिए । त्यतिबेला यो प्रयोग चन्द्रमाको माटोमा गरिएको थियो । यसबाट बेलनाकारका इँटामात्र बनाउन सकिन्थ्यो तर यस वर्ष वैज्ञानिकहरुले अपनाएको प्रक्रियाबाट धेरै साइजका इँटाहरु विकास गर्न सकिने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया