मंगल ग्रहमा भवन बनाउन वैज्ञानिकले तयार पारे इँटा

काठमाडौं । मंगल ग्रह र चन्द्रमामा मानव बस्ती कहिले बस्छ भन्ने यकिन भइसकेको छैन तर केही वैज्ञानिकले त्यहाँ घर तथा भवन बनाउन मिल्ने गरी इँटा बनाएका छन् ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन र भारतीय विज्ञान संस्थान बैंगलोरले संयुक्त रूपमा एक इँटा तयार गरेका छन् । यो इँटाले मंगल ग्रहमा भवन बनाउन सकिने दाबी छ । । यो अनुसन्धान जर्नल प्लस वनमा प्रकाशित भएको छ । भारतीय वैज्ञानिकहरूले अन्तरिक्ष इँटा बनाउन ब्याक्टेरिया आधारित प्रविधिको सहयोग लिएका छन् ।
मंगल ग्रहबाट पहिलोपटक ल्याइएको माटोमा स्पोरोसार्सिना पेस्ट्युरी, ग्वार गम, युरिया र निकल क्लोराइड नामक ब्याक्टेरिया मिसाइएको थियो । यिनीहरूबाट बनेको मिश्रणलाई इँटा आकारको भाडामा खन्याइयो । केही दिनपछि ब्याक्टेरियाले युरियालाई क्याल्सियम कार्बोनेटको क्रिस्टलमा परिणत गर्यो । जसका कारण इँटा पूर्ण रुपमा तयार भयो ।
यी वैज्ञानिकहरूले सन् २०२० को अगस्टमा पनि यस्तै प्रयोग गरेका थिए । त्यतिबेला यो प्रयोग चन्द्रमाको माटोमा गरिएको थियो । यसबाट बेलनाकारका इँटामात्र बनाउन सकिन्थ्यो तर यस वर्ष वैज्ञानिकहरुले अपनाएको प्रक्रियाबाट धेरै साइजका इँटाहरु विकास गर्न सकिने भएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया